२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेत्रावति डपजोङ विपत्ती पश्चात पुर्नव्यवस्थापन परियोजना शुभारम्भ

नेत्रावति डपजोङ विपत्ती पश्चात पुर्नव्यवस्थापन परियोजना शुभारम्भ
सेयर गर्नुहोस्
०सेयर

बैशाख ११,धादिङ

नेत्रावति डपजोङ विपत्ती पश्चात पुर्नव्यवस्थापन परियोजनाको शुभारम्भ गरिएको छ । नेत्रावति डपजोङ गाउँपालिकामा विशेष गरि शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, कृषि सशक्तिकरण र क्षमता विकासको क्षेत्रमा काम गर्ने उद्देश्यका साथ यो परियोजनाको शुभारम्भ गरिएको हो । (Presbyterian Disaster Assistance) (PDA) - USA को आर्थिक सहयोग तथा ( Together For Nepal ) नामक संस्थाको आयोजनामा यो कार्यक्रम सञ्चालन हुने भएको छ । यो कार्यक्रम नेत्रावती डपजोङ गाउँपालिकाको ५ वटै वडाहरुमा सञ्चालन गरिने छ ।

विशेष गरि (Together For Nepal ) ले २०७२ सालको विनाशकारी भुकम्प पश्चात नेत्रावति डपजोङ गाउँपालिका भित्र राहात सहयोग र पुर्नस्थापनाको साथै शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, कृषि सशक्तिकरण र क्षमता विकासको क्षेत्रबाट काम सुरु गरेको थियो । परियोजनाको प्रभाकारीता र स्थानीयको माग अनुसार यो परियोजना थप गरिएको र परियोजनालाइ सफल र प्रभावकारी बनाउनको लागि सम्पूर्ण नेत्रावती डपजोङ बासिको साथ सहयोगको आवश्यकता रहेको (Together For Nepal) का अध्यक्ष सुभासन भट्टराईले बताउनुभयो । यो कार्यक्रम करिब १० महिनासम्म लागु हुने बताएको छ ।

परियोजना शुभारम्भ कार्यक्रममा नेत्रावति डपजोङ विपत्ती पश्चात पुर्नव्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक हरिशरण जमकट्टेलको अध्यक्षता रहेको कार्यक्रममा धादिङ क्षेत्र नं २ प्रदेश क का प्रदेश सांसद तथा नेकपा प्रदेश नं ३ का प्रदेश कमिटि सदस्य डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेत्रावति डपजोङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ, प्रशासकिय अधिकृत डिलमान शाक्या, स्थानीय जनप्रतिनीधिहरु, दातृ निकायका प्रमुख तथा प्रतिनीधिहरु र टुगेदर फर नेपालका अध्यक्ष सुभासन भट्टराईको विशेष आतिथ्यता रहेको थियो । भने स्थानीय विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनीधि, शिक्षक,वुद्धिजिवि,समाजसेवि लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु रितु तामाङ र प्रदिप रोक्काले सांस्कृतिक प्रस्तुतिका साथ भरपुर मनोरञ्जन गराएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।