तस्विर साभार  :-गोरखा पत्रको अनलाईन संस्करणबाट

वैशाख १२, धादिङ ।
विनाशकारी भुकम्पको आज ४ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते आजैको दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो । हजारौ नेपालीहरुको हाँसो खुशी लुटिएको दिन ।

भुकम्प गएको ४ वर्ष पुरा भएको अवसरमा आज विविध कार्यक्रमहरु भए । उक्त भुकम्पले गोरखा धादिङ लगायत ३२ जिल्लामा धेरै मानवीय र ठुलो धनजनको क्षति भएको थियो । २०७२ साल बैशाख १२ गतेको भुकम्पले धादिङमा ८३ हजार १३ निजीघरमा क्षति पु¥याएको थियो । धादिङमा भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणतर्फ पछिल्लो समयमा ७३ हजार ७ सय ५० घरको पुनर्निर्माण भैरहेको छ । भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ८३ हजार १३ निजी घरमध्ये ४८ हजार ४ सय घरको पुनर्निर्माण सम्पन्न भई वाँकीको पुननिर्माण कार्य भैरहेको राष्ट्रिय पुननिर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वयन इकाइ धादिङले जनाएको हो ।

भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा धादिङमा चालु आर्थिक वर्षको चैत महिनासम्ममा आवास अनुदानको पहिलो, दोस्रो र तेस्रो किस्ता गरि २ अर्ब ९३ करोड ७१ लाख ५० हजार वितरण भइसेकेको छ । धादिङमा अहिलेसम्म ७३ हजार ७ सय ५० लाभग्राहीले पहिलो किस्ता लिइसकेर घर निर्माण सुरु गरेका छन् भने ६२ हजार ४ सय ८३ लाभग्राहीले दोस्रो र ४८ हजार ४ सयले घर निर्माण सम्पन्न गरि तेस्रो किस्ताको रकम लिइसकेका छन् । यस्तै हालसम्म ४ हजार ७ सय ४ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश भएका मध्ये ५ सय ६५ घरले प्रवलीकरणको पहिलो किस्ता लिइसकेका छन् । तर यो तथ्याङ्कलाई आधार मान्ने हो भने त्यत्ती सन्तोषजनक होईन । ‘ढुवानीको समस्या, दक्ष कालिगढको अभाव, र केही नितिगत कारणले पनि ढिला भएको स्विकार गर्नुहुन्छ जिल्ला कार्यन्वय ईकाई धादिङका प्रमुख कोषनाथ अधिकारी ।

नितिगत केही कुराहरु र वस्ती स्थानतरण लगायतका कार्यविधि वनिसकेकाले अबका दिनमा तोकिएकै समयमा पुननिर्माणको काम सम्पन्न हुने अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो । आज भुकम्पको ४ वर्ष बितिसक्दा पनि धादिङमा क्षतिग्रस्त संरचनाको पूननिर्माण अझै सकिएको छैन । धादिङमा जिल्लामा अझै पनि धेरैं भूकम्पपीडित टहरामै बसिरहेका छन् । भूकम्प प्रभावितहरू बिभिन्न कारणले आफ्नै घरमा फर्कन सकेका छैनन् ।

नयाँ घरमा बस्ने मन भए पनि आफ्नो जग्गा नभएकै कारण घर पुननिर्माण गर्न नसकेको निलकण्ठ १२ की सविना तामाङले दुखेसो पोख्नुभयो । निलकण्ठ ९ का चेतनाथ लंसालको समस्या पनि उस्तै छ । धादिङमा घर बनाउ जग्गा छैन जिल्ला बाहिर बनाउदा बाँकि किस्ता पाइन । कालो सूचीमा परिएला भन्ने डरले लिएको अनुदान रकमको पहिलो किस्ता सरकारलाई नै फिर्ता दिएको लम्सालले बताउनुभयो ।

पुननिर्माणले पूर्णता पाउनेमा शंका
नेपाल सरकारले अबको १ वर्षमा पुननिर्माणको काम सम्पन्न गर्ने भनिरहेता पनि यो भनाईले पूर्णता पाउनेमा शंका छ । भुकम्प पछि पुन निर्माणमा खटिएका प्राविधिकहरु नै सेवा सुविधाको माग राख्दै फेरी पनि काम ठक्प पारेपछि सरकारको पुनः निर्माणको लक्ष्य समयमै सम्पन्न नहुनेमा दुविधा देखिन्छ ।

आफूहरुले खाइपाई आएको प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न ५ बुँदे माग राख्दै देशभरका प्राविधिकहरुले  सामुहिक राजिनामाको घोषण गरेका हुन् ।
यसअघि चैत्र १२ गते नेपाल ईन्जिनियर्स एशोसिएसनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किए पनि सराकारको तर्फबाट लिखित मौखीक कुनै पनि जवाफ नआएपछि सामुहिक राजिनामाको घोषण गर्न  बाध्य भएको धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ईन्जिनियर भद्रबहादुर कार्कीले बताउनुहुन्छ ।

Facebook Comments