२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

वेनिघाट रोराङ गाउँपालिकाको हावाहुरी पिडितलाई शान्ती नेपालद्वारा त्रिपाल सहयोग

वेनिघाट रोराङ गाउँपालिकाको हावाहुरी पिडितलाई शान्ती नेपालद्वारा त्रिपाल सहयोग
सेयर गर्नुहोस्
०सेयर


वैशाख १९, धादिङ ।
१७ गते पानीसँगै आएको हावाहुरीले क्षेती पु¥याएका वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ का १४ घरधुरीलाई आज त्रिपाल वितरण गरिएको छ ।

वडा नम्बर ६ का वडा अध्यक्ष देवकृष्ण आले मगर, सचिव रविन्द्रप्रसाद कँडेलको नेतृत्वमा प्रभावित क्षेत्रका नागरिकहरुलाई १५ थान त्रिपाल वितरण गरेको हो । वेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्षबहादुर थापाको समुहले प्रभावित क्षेत्रको अनुगमन पश्चात गाउँपालिकाको योजना शाखाको प्रमुख परशुराम घिमिरेले शान्ती नेपालका परियोजना संयोजक विष्णु भट्टसँग सहजीकरण गरि पिडितहरुलाई आज त्रिपाल वितरण गरिएको हो ।

हावाहुरीले वडा नम्बर ६ ग्रासीबासको १३ घर र वडा नम्बर ७ कोईलीटारको १ घर गरि १४ घरको जस्ता उडाएको थियो । शान्ती नेपालले गाउँपालिका सँग समन्वय गरि तत्काल आवश्यकता अनुसार अन्य सहयोग सामाग्री पनि उपलब्ध गराउने शान्ती नेपालका परियोजना संयोजक विष्णु भट्टले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।