२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बलात्कारको आरोपमा आफ्नै श्रीमतीद्वारा श्रीमान विरुद्ध जाहेरी

बलात्कारको आरोपमा आफ्नै श्रीमतीद्वारा श्रीमान विरुद्ध जाहेरी
सेयर गर्नुहोस्
०सेयर

वैशाख २०, धादिङ ।
आफूलाई श्रीमान्ले बलात्कार गरेको आरोप लगाउँदै एक श्रीमतीले जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दर्ता गराएको छ ।

धादिङ जिल्लाकी एक २५ वर्षीया महिलाले २३ वर्षीय श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउनुभएको हो । तिन वर्ष अघिदेखि आफूमाथी श्रीमान्ले लागातार जबरजस्ती यौन सम्पर्क गरेको र पछिल्लो पटक बैशाख १३ गते राती आफूमाथी जबरजस्ती गरेर टोकेर घाउ नै बनाएको पीडितले जाहेरीमा बताउनुभएको छ ।

श्रीमान्ले पटकपटक अमानविय र क्रुर व्यवहार गरिरहेकाले आफूले प्रहरीमा जाहेरी दिएको पीडितले जानकारी दिएको छ । जाहेरी दर्तापछि पीडितको जिल्ला अस्पताल धादिङमा स्वास्थ्य परिक्षण र उपचार गरिएको छ । जाहेरी दर्ता गरिएपनि आरोपित फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।