जेठ ३०, धादिङ ।
भुकम्प गएको ५ वर्ष वितिसके पनि उत्तरी धादिङको साविकको रि र लापा गाविसबाट विस्थापित भएका भुकम्प प्रभावितहरु स्थायि बसोबास नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । सरकारले अझै पनि उपयुक्त ठाउँमा स्थानतरण नगर्दा समस्या भएको भुकम्प प्रभावितहरुले बताएका छन् ।

आफ्नो थातथलो छाडेर निलकण्ठ नगरपालिका १३ स्थित भद्रगाउँमा अस्थायी रुपमा बस्दै आएका १ सय २ घर धुरीका परिवारलाई ओत लाग्ने छानो नहुँदा निकै कष्टकर जिविनयापन गर्न बाध्य भएको उनिहरुको भनाई छ । निलकण्ठ नगरपालिकाको वडा नम्बर १३ भद्र गाउँमा सरोकारवालाहरु सँगको अन्र्तरक्रिया कार्यक्रममा उनिहरुले गुनासो गरेका हुन् । ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालको भुकम्प पछिको पुननिर्माणमा सदाचार अपनाऔं कार्यक्रम अन्र्तरगत कार्यक्रमको आयोजना गरिएको हो । निजि आवास पुन निर्माणको लागि आएको ३ लाखले रि र लापामै घर बनाए पनि तर पछि सरकारले त्यस स्थानमा बसोबास गर्न अयोग्य भनेर भनि दिएपछि दोहोरो झञ्जट खेप्न परेको साविकको रि गाविस वडा नम्बर ५ का मोमलाल तामाङलेले बताउनुभयो ।

सरकारले स्थायी रुपमा बसोबासको व्यवस्था गर्नु त परको कुरा बसिरहेको ठाउँमा पनि सेवा सुविधाबाट वञ्चित हुनुपरेको यूनिका तामाङले गुनासो गर्नुभयो । नगरपालिकाको नजिक बसेपनि खानेपानी, विद्युत, स्वास्थ्यपचार जस्ता सेवा सुविधाबाट वञ्चित हुनुपरेको तामाङले गुनासो गर्नुभयो । ऋण धन गरेरै स्थायी रुपमा आफ्नै घर बनाएर बस्ने मन भएपनि सरकारले उपयुक्त जग्गाको टुङ्गो नलगाउँदा समस्या भएको भुकम्प प्रभावितहरुको गुनासो छ ।

४३ जनाको सहभागीता रहेको कार्यक्रममा उठेका सवालहरुलाई सम्बन्धीत निकायमा पु¥याउने ट्रान्सपरेन्सी ईन्टर नेश्नल नेपालका जिल्ला संयोजक सानुबाबु तिमिल्सीनाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मापदण्ड अुसार घर कसरी बनाउने ? घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा अन्र्तरक्रिया गरिएको थियो । कार्यक्रमका सहभागी प्रकाश तामाङले आजको कार्यक्रमबाट गुनासो गर्ने ठाउँ, घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरुबारे थाहा भएको प्रतिक्रिया दिनुभएको थियो ।

Facebook Comments