
तस्विर: सिताराम अधिकारी
जेठ ३१, धादिङ ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले सुत्केरीका लागि कुरुवा घर, र ल्याब सेवा संचालन गर्ने भएको छ । सरकारले स्वास्थय संस्थामा सुत्केरी गराउने र घरमा हुने सुत्केरीलाई सुन्इ गराउने कार्यक्रम ल्याएकोले विभिन्न वडामा धेरै मागको आधारमा सुत्केरी कुरुवा घर बनाइ सुरक्षित सुत्केरीका लागि प्रोत्साहन गर्नेगरि योजना बनाउदै गरेको गाउँपालिकाका स्वास्थय संयोजक दिपक अधिकारीले बताउनुभयो ।
गंगाजमुना गाउँपालिका वडा न.ं २ रि स्वास्थ्य चौकीमा प्रसुतिका लागि आएकी सुन्चली तामाङलाई सुत्केरी कुरुवा घर अभावमा घर फकाउनु परेको भन्ने गुनासो समेत आएपछि स्वास्थ्यचौकीमा आयोजिक सामाजिक परिक्षणको क्रममा यस्तो योजना बनाउन लागेको अधिकारीले स्पष्ट पार्नुभयो । घरमा हुने प्रसुती (सुत्केरी) सुन्य गराउने अभियान चालेको बेला स्वास्थयचौकीमा प्रसुति गराउन घर आएकी महिलालाई स्वास्थयकर्मीले त्यसै फकाउनु परेको होइन । पूर्व प्रसुति र उत्तर प्रसुति घर नभएका कारण प्रसुतिका लागि एक दुई दिन अगावै स्वास्थ्यचौकी आउँदा फर्काउनु परेकोले अति आवस्यक रुपमा सुत्केरी कक्ष र कुरुवाघर व्यवस्थीत बनाउनु पर्ने अवस्था आएको रि स्वास्थ्यचौकीका इन्चार्ज रमेश पोखरेलको भनाइ थियो ।

हिजो (बिहिबार) रि स्वास्थ्यचौकीमा आयोजित सामाजिक परिक्षणको अबसरमा सहभागिहरुले स्वास्थ्यचाकीमा प्रसुति र प्रसुति कुरुवा घर निर्माण गर्न माग गरेका थिए । सहभागिहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गर्दै गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अधिकारीले गाउँपालिका बजेट निर्माणको चरणमा रहेकोले गाउँगाउँमा स्टेचर बितरण गरिने, यस वर्षदेखि अभाव भएको औषधीको अभाव हुन नदिने, सबै स्वास्थ्यसंस्थाहरुमा ल्याब सेवा संचालन गरिने, गाउँपालिका स्तरमा अस्पताल निर्माण, एम्बुलेन्स सेवा संचालन, स्वास्थ्यचौकीमा भएका सबै उपकरण संचालन गर्न आबस्यक पर्ने विद्युत सेवाका लागि पहल गर्ने, सम्भव नभए सोलारका लागि गाउँपालिकालाई आग्रह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष फैसिंह तामाङले तावल गाउँमा खोप किल्निक बनाउने, सबैको पहुच्मा स्वास्थ्य सेवा पुर्याउन सबै किसिमको उपायहरु खोजी गरि लागनु गर्ने बताउनुभयो । स्वास्थय सेवाको गुणस्तर सुधार गर्नु पर्ने, स्वास्थ्य सेवा पहुँच वृद्धिका लागि योजना बनाउनुपर्ने, विद्यालय स्तरमा स्वास्थ्य सेवाका सचेतनामूलक कार्यक्रमहरु गाउपालिकाको तर्फबाट संचालन गर्न समूदायको तर्फबाट माग गरेका थिए । सामाजिक परिक्षण कार्यक्रमको समुदायस्तर देखि गाउँपालिका क्षेत्रसम्म पत्रकार सीताराम अधिकारीले सहजीकरण गर्नुभएको थियो ।