
असाढ ५, धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ डाँडागाउँस्थित पाङग्रेखोलाको उकालोमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
धादिङबेसीबाट सेमजोङ तर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो गाडी उकालोमा चढ्न नसकि पछाडि हट्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका नीलकण्ठ नगरपालिका वडा नं ३ सिम्लेगैरीका ३८ वर्षीय शेर बहादुर लामाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
दुर्घटनामा परि घाईते हुनेमा मृतक लामाको श्रीमती ३८ वर्षीय कान्छी लामा, नेत्रावती डबजोङ गाउँपालिका २ बस्ने २८ वर्षीय नरबहादुर तामाङ, उहाँका श्रीमती २६ वर्षीय निरमाया तामाङ र छोरी २ वर्षकी रेनिसा तामाङ घाईते भएका छन् । दुर्घटनामा परि सामन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ भने गम्भिर अवस्था भएकाहरुलाई काठमाडौँ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।