२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इरानले अमेरिकी ड्रोन खसालेपछि दुई देशको सम्बन्धमा तनाव

इरानले अमेरिकी ड्रोन खसालेपछि दुई देशको सम्बन्धमा तनाव
सेयर गर्नुहोस्
०सेयर

जेठ ६ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर निकै ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ । इरानको दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा इरानी सेनाले अमेरिकी ड्रोनमा आक्रमण गरेर खसालेको थियो ।

राष्ट्रपति ट्रम्पले मानवीय गल्तीका कारण ड्रोन खसेको हुन सक्ने बताउँदै इरानले नियतवस खसालेको भन्नेमा आफूलाई अझैँ पनि विश्वास नरहेको बताउनुभएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । इरानले भने अमेरिकी ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेकाले खसालिएको दावी गरेको छ ।

घटनाले अमेरिका र इरानबीचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ । अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।