अहिले धादिङवेशीं आसपास लगायत धेरै क्षेत्रहरुमा धुवाँमय बनेको छ । पानी पर्ला जस्तो आकास धुम्म देखिएको छ । विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुँवाले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ ।

केहिदिन यता भईरहेको यस्तो वायू प्रदुषणबाट बच्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । धादिङवेशीं लगायतका आसपासका क्षेत्रहरुमा धुँवामय भएर वातावरण विग्ररहेका कारण उच्च सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ । यस्ता वायू प्रदुषणले गम्भीर प्रकृतिका श्वास प्रश्वासमा समस्या निम्त्याउन सक्ने भएकाले सके सम्म घरबाट बाहिर ननिस्कन स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताउनुभयो ।

वायू प्रदुषणका कारण धादिङ सहित देशभरकै जनजजिवन प्रभावित भएका कारण विहान वेलुकी घरबाट ननिस्कने निस्कनै परै चस्मा, मास्क अनिवार्य प्रयोग गर्न डा.पौडेलले आग्रह गर्नुभयो । यस्ता वायू प्रदुषणले तत्कालका लागि श्वासप्रश्वासमा समस्या देखिएपनि पछि जटिल किसिमा अन्य स्वास्थ्य समस्या पनि देखिन सक्ने बताउनुभयो ।

प्रदुषित वायूमा हुने केमिकलका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या, एलर्जी जस्ता समस्याहरु देखिन सक्ने  भएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो । यस्तै वायू प्रदुषण बढेपछि स्थानियहरुले आँखा पोल्ने, पिरो हुने लगायतका समस्या भएको बताएका छन् ।

Facebook Comments