तस्विर : दोलख गुरुङ

धादिङ जिल्लाकै प्रसिद्ध धार्मिक स्थल जलमुखी मन्दिरमा फागु पूर्णिमा मेला लागेको छ । कोरोना महामारिका बावजुत पनि उल्लेख्य मात्रामा श्रद्धालु भक्तजनहरु मन्दिरमा पुजापाठको लागि आएको मन्दिर संरक्षण समितिले जनाएको छ ।

मन्दिरमा आउने भक्तजनहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दैै आज विहानैदेखी लाईनमा बसेर पुजा पाठ गरेको मन्दिर संरक्षण समितिले जनाएको छ ।

प्रत्येक वर्षको फागु पूर्णिमाको दिन जलमुखी मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ र निलकण्ठ नगरपालिकाको वडा नम्बर ९ मा पर्ने यस मन्दिरमा फागु पूर्णिमा लगायत बढादशैं, मंसिर पूर्णिमा, पञ्चमी र चैत्र दशैंमा विशेष पुजाको साथै जात्रा र मेला लाग्ने गर्दछ ।

यस वर्ष प्रथम जलमुखी धार्मिक एवं पर्यटन महोत्सवको आयोजना गरिएको भएपनि कोरोना महामारीका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो । समुन्द्र सतहदेखी करिब १ हजार मीटरको उचाईमा रहेको यस मन्दिरबाट गणेश हिमाल, माछापुच्छरे, मनास्लु हिमाल, नेपालको ठूलो टार सल्यानटार, उदाउँदो सुर्य र अस्ताउँदो सूर्य लगाएत छिमेकी जिल्लाका महत्वपूर्ण क्षेत्रहरुको दृश्यवलोकन गर्न सकिन्छ ।

Facebook Comments