शनिबारदेखि सुरु हुने भनिएको ११ औ वाका कप फुटबल प्रतियोगिता १ दिन पछि हुने भएको छ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वाका मैदान हुने वाका कप १ दिन पर सर्न गइ आईतबार मात्र हुने भएको आयोजक छार वाका राहा युवा क्लबका अध्यक्ष पदमबहादुर तामाङले जानकारी दिनुभयो ।

कोरोनाको महामारी अनि वाका कप नगर्न प्रशासनको आदेशकै बिच पनि हुन लागेको वाका कप शनिबार सुरक्षाको मापदण्ड पुरा गरि गर्न प्रशासनले अनुमति दिएपछि एक दिन ढिला हुन लागेको तामाङले जानकारी दिनुभयो । वाका कपको लागि २६ वटा खेलाडी समुहले खेलको लागि समूह दर्ता गराएका छन् । वाका कपको आईतबार बिहान १० बजे उद्घाटन हुने र उद्घाटनसँगै ३ सेट खेल खेलाइने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

आईतबार आयोजक टिम छार वाका राहा युवा क्लब समूह बी र चौतारा युवा क्लब समूह ए बिच पहिलो खेल हुनेछ । यस्तै दोस्रो खेल प¥यचौतारा युवा क्ल्ब र न्यु बेङरुङ युवा क्लब बी बिच हुनेछ भने तेस्रो खेल सेमजोङ युवा समाज समूह ए र भोग्टेनी युवा क्लब बिच हुने आयोजकले जानकारी दिएको छ ।

ऐतिहासिक तथा पर्यटकीय स्थल वाका क्षेत्रको प्रचारप्रसार तथा खेलकुदप्रति युवाहरुलाई आकर्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । वाका कप भोलि बिहान १० बजे वाका मैदानमा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने समुहलाई १ लाख ११ हजार १ सय ११,  र द्धितीय हुने समूहलाई ५५ हजार ५ सय ५५ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

कोरोना माहामारीको जोखीमलाई मध्यनजर गर्दै वडा कार्यालयले प्रतियोगीता नगर्न आह्वानकै बावजुत पनि प्रतियोगीता हुन लागेको हो ।

Facebook Comments