ज्वालामुखी गाउँपालिकाको वडा ३ स्थित स्वामी भञ्ज्याङ माध्यमिक विद्यालयमा व्यक्तित्व विकास नैतिक र चारित्रिक विकास सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ ।

विश्व शान्ती तथा एकिकृत परिवार संघ (FFWPU) धादिङको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा मानव जिम्मेवारी, स्वतन्त्रता, आत्मीक विकास र शान्ती शिक्षा लगायतका विषयमा विश्व शान्ती तथा एकिकृत परिवार संघ धादिङ शाखाका प्रमुख दिपक सापकोटाले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

तालिममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments