२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विश्व शान्ति तथा एकिकृत परिवार महासंघद्वा आमाको माया छात्रावासमा रहेका वालवालिकालाई सहयोग

विश्व शान्ति तथा एकिकृत परिवार महासंघद्वा आमाको माया छात्रावासमा रहेका वालवालिकालाई सहयोग
सेयर गर्नुहोस्
०सेयर

विश्व शान्ति तथा एकिकृत परिवार महासंघ (FFWPU) धादिङले आमाको माया छात्रावासमा रहेका वालवालिकालाई सहयोग गरेको छ ।

नया वर्षको अवसरमा पारेर धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित आमाको माया छात्रावासका २५ जना अनाथ बालकालिकाहरुलाई लत्ताकपडा, चामल, स्टेशनरी सहयोग गरेको विश्व शान्ति तथा एकिकृत परिवार महासंघ धादिङका प्रमुख दिपक सापकोटाले जानकारी दिनुभयो ।

धादिङबेशीमा व्यवसाय गर्दै आउनुभएका ढोलाली कपडा पसलका प्रोपाईटर, दाजुभाई फर्निसिङको प्रोपाईटर र सापकोटा किराना पसल बाट पनि थप सहयोग प्रदान गरिएको थियो । नयाँ वर्षको अवसरमा सहयोग पाउदा छात्रावासका अनाथ बालबालिकाहरुले खुशी व्यक्त गरेको सापकोटाले बताउनु भयो ।

विश्व शान्ति तथा एकिकृत परिवार महासंघ धादिङले २०१५ देखि परिवार, समाज र राष्ट्रलाई शान्तिपुर्ण बनाउने र एकिकृत गराउने उद्धेश्यले नैतिक पुर्नजागरणको लागि विभिन्न सचेतनामुलक तालि तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ । आमाको माया छात्रावासका संस्थापक डा.नविन बन्दु पहाडीले सहयोगीदाताहरु र संस्थाका प्रतिनिधीहरुलाई न्यानो स्वागत गर्नुका साथै धन्यावाद व्यक्त गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।