
मानिस भिडभाड हुने सबै क्रियाकलाप वैशाख मसान्त सम्म बन्द गर्नुपर्ने जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले निणर्य गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय धादिङमा प्रमुख जिल्ला अधिकारी एवं डिसिसिएमसीका संयोजक ज्ञान प्रसाद ढकालको संयोकत्वमा बसेको बेठकले यस्तो निर्णय गरेको हो ।
वैठकले पार्टी प्यालेस, डान्सबार, दोहोरी, हेल्थ क्लव, जिमखाना, स्वीमिङ पुल, फुटसल, आमसभा, जुलुस हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकार कार्यक्रमहरु बन्द गर्ने, मठ मन्दिर मस्जिद गुम्बा चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पुरा गरी पुजा, ध्यान र प्राथना बोहकका कार्य गर्न निर्णय गरेको छ ।
यस्तै पर्व विवाह, न्वारान, पास्नी, व्रतवन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु २५ जना भन्दा बढि जम्मा नभई गर्ने, सभा सम्मेलन गोष्ठी भर्चुअल माध्यमबाट गर्ने निणय भएको छ । यस्तै सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी सधानमा स्यानिटाईजरको व्यवस्था गर्नुपर्ने निर्णय भएको छ ।
विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्मको समयमा मात्र होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने, कामदारले अनिवार्य मास्क, भाईजर र पञ्जा लगाउने निर्णय गरेको छ । यस्तै बैठकले सदरमुकाम धादिङवेशींमा रहेको डिभिजन वन कार्यालयको भवनलाई नै आईसोलेसनको प्रयोग गर्ने, डिभिजन वन कार्यालयको भवन आईसोलेसनका लागि तयारी अवस्थामा राख्ने व्यवस्था धादिङ अस्पतालले मिलाउने, फुर्केखोलामा चेक प्वाईएन्टमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था सिद्धलेक गाउँपालिकाले गर्ने, कोभोडि–१९ का संक्रमित व्यवस्थापनको लागि जिल्ला स्थित एम्बुलेनस सेवालाई चुस्त दुरुस्त बनाउने लगायतका निर्णय गरेको छ ।