धादिङमा निजि खर्चमा पिसिआर परिक्षण अर्थात कोरोना भए नभएको जाँच गराउन पाईने भएको छ ।

काठमाण्डौं कै प्रतिष्ठित र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क बर्गको मान्यता प्राप्त प्रयोगशाला अल्फा केयरले यहि जेठ ४ गते धादिङ हेल्थ केयर प्रा.लिमा पिसिआर परिक्षणको लागि स्वाव संकलन गर्न लागेको हो ।

कोरोनाको लक्षण देखिएका विरामीहरुले २ हजार रुपैयाँ तिरेर धादिङ हेल्थ केयर प्रा.लि. शान्तबजारमा स्वाव संकलन गर्न सकिने, स्वाव संकलन गरेको बढिमा ८ देखी १२ घण्टा भित्र रिपोर्ट आईपुग्ने धादिङ हेल्थ केयर प्रा.लि ले जानकारी दिएको छ ।

स्वाव संकलन विहान ६ बजेदेखी ९ बजे सम्म काठमाण्डौ बाट आउने दक्ष प्राविधिक बाट गरिने भएकाले अग्रिम नाम टिपाउन समेत धादिङ हेल्थ केयरले आग्रह गरेको छ ।

हाल लाई सातामा दुई दिन (मंगलबार र शनिबार ) गरिने र नमुना को चाप बढेमा थप दिन हरुमा संकलन गरिने जनाएको छ ।

Facebook Comments