धादिङका सोमबार थप ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा निलकण्ठ नगरपालिका वडा नम्वर ३ निबासी ५५ वर्षिय पूरुष, सिद्धलेक गाउपालिका वडा नम्वर ६ की ४० वर्षिया महिला र बेनिघाटरोराङ गाउपालिका वडा नम्वर ७ का ५० वर्षिय पुरुष रहेका छन् ।योसँगै जिल्लामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

निलकण्ठ नगरपालिकाका ५५ वर्षिय पुरुषको धुलिखेल अस्पतालमा सोमबार बिहान ८ बजे निधन भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै सिद्धलेककी महिलाको काठमाण्डौंमा र बेनिघाटरोराङ गाउपालिकाका पुरुषको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

धादिङमा सोमबार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ४७, धुनिबेसी नगरपालिकामा २ र त्रिपुरासुन्दरीमा १ गरि जिल्ला भित्र पोजिटिभ केश ५० देखिएको छ । जिल्ला बाहिरको पोजिटिभ केश २० रहेको छ । योसँगै जिल्ला भित्र ७८० जना र जिल्ला बाहिर २८७ गरेर जिल्लाको सक्रिय संक्रमित १०६७ पुगेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

धादिङ अस्पतालले संचालन गरेको आइसोलेसनमा २५, संस्थागत आइसोलेसन गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, बेनिघाट रोराङ्गमा ८, रुबिभ्यालिमा २, धुनिबेसिमा १ र गजुरीमा ९ रहेका छन् भने होम आइसोलेसनमा ७३० जना रहेका छन । त्यसैगरी जिल्ला बाहिर हस्पिटल र संस्थागत आइसोलेसनमा २४ जना रहेका छन् भने होम आइसोलेसनमा २६३ जना रहेका छन् ।

यस्तै सोमबार १० जना कोरोना संक्रमणमुक्त भएसँगै डिस्चार्ज गरिएको छ । सोमबार त्रिपुरासुन्दरीमा ७०, गंगाजमुनामा २१, नेत्रवातिमा ३, थाक्रेमा १२ र धादिङ्ग अस्पतालमा ६० गरि जिल्ला भित्र ११६ स्वाब संकलन गरि परिक्षणको लागि पठाएको छ ।

 

Facebook Comments