
लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
पुराना माटोले बनेका घरहरु भत्किएको भन्ने सूचना आएपनि भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन । भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले बताउनुभयो । भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पुर्यायो कि पुर्याएन भन्ने बारेमा यकिन जानकारी आइनसकेको प्रमुख गुरुङले बताउनुभयो ।
धादिङ, गोरखा,काठमाण्डौं सहित विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस भएको थियो ।