२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नागरिकलाई कोरोना भाईरसबाट बचाउन सबैसँग समन्वय गरेर अघि बढ्दै ज्वालामुखी गाउँपालिका !

नागरिकलाई कोरोना भाईरसबाट बचाउन सबैसँग समन्वय गरेर अघि बढ्दै ज्वालामुखी गाउँपालिका !
सेयर गर्नुहोस्
०सेयर

धादिङका स्थानिय तहहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरु गरेका छन् ।

ज्वालामुखी गाउँपालिकाले स्वाव संकलन गर्न सुरु गरेको छ, भने ५ शैयाको अस्थायी कोभिड अस्पताललाई अक्सीजन सहितको आईसोलेसन निर्माण गर्ने तयारी भईरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाले ५ ओटा अक्सीजन सिलिन्डर भर्न पठाएको र अन्य स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापनको लागि, लागि रहेको पनि स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो । स्वाव संकलन गरीएका ५२ जनाको पिसिआर परिक्षण गराएकोमा ३८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएका कारण ज्वालामुखी गाउँपालिकामा पनि समुदाय स्तरमा कोरोना फैलिएको हुन सक्ने आशंका गरिएकोले स्वाव संकलनको कार्यलाई तिव्र रुपमा संञ्चालन गरिने उहाँले बताउनुभयो ।

कोभिड नियन्त्रणको लागि उपचारात्मक विधि भन्दा पनि जनचेतना मुलक कार्यक्रम गरेर नागरिकलाई कोरोना भाईरसबाट बचाउन तर्फ लाग्ने गाउँपालिकाले योजना बनाएको छ । गाउँपालिकाले शान्ती नेपालसँग सहकार्य गरेर र गाउँपालिका भित्र रहेको ४४ ओटा आमा समूह, ४० जना महिला स्वास्थ्य स्वयमसेविका, ८ ओटा स्वास्थ्य संस्थामार्फत समन्वय गरेर अघि बढ्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।