
धादिङमा मंगलबार एकैदिन ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै मंगलबार १ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ ।
धुनिबेसी नगरपालिकामा ७, गल्छी गाउपालिकामा २९, गजुरी गाउपालिकामा २, बेनिघाट रोराङ्ग गाउपालिकमा १, ज्वालामुखीमा गाउपालिकामा ३८, गंगाजमुना गाउपालिकामा १, नेत्रावती गाउपालिकामा २४ र धादिङ्ग अस्पतालमा २४ जना जिल्लाभित्र पोजिटिभ केश देखिएको छ भने जिल्ला बाहिरको पोजिटिभको संख्या ११ रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
योसँगै जिल्ला भित्र ८८२ र जिल्ला बाहिर २८८ गरेर धादिङ्गको जम्मा सक्रिय संक्रमित ११७० पुगेको छ । जिल्ला भित्र हस्पिटल आसोलेसनमा १७, संस्थागत आइसोलेसनमा धुनिबेसिमा १, गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा ५, गजुरीमा ५, बेनिघाट रोराङ्गमा ६, गंगाजमुनामा २ जना रहेका छन् भने जिल्ला भित्र होम आइसोलेसनमा ८४१ रहेका छन्।
त्यसैगरी जिल्ला बाहिर हस्पिटल तथा संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा २६२ जना रहेका छन् । यस्तै मंगलबार धुनिबेसी नगरपालिकामा १६, गल्छी गाउपालिकामा ७८, गजुरी गाउपालिकामा १०, रुबिभ्याली गाउपालिकामा ९ र गंगाजमुना गाउपालिकामा ३६ गरि जिल्ला भित्र १४९ स्वाब संकलन भएको छ ।
यस्तै मंगलबार धादिङका ५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । निलकण्ठ नगरपालिकामा २ जना पुरुष, धुनिबेसी नगरपालिकामा २ जना पुरुष र सिद्धलेक गाउपालिकामा १ जना पुरुष गरि ५ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । यो संगै जिल्लामा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।