धादिङका १ सय ५८ जनामा बुधवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा बेनिघाट रोराङ गाउपालिकाका ५२ जना, गल्छी गाउपालिकाका ४१ जना, थाक्रे गाउपालिकाका ३२ जना, रुबिभ्यालि गाउपालिकाका १५ जना, गंगाजमुना गाउपालिकाका १० जना, निलकण्ठ नगरपालिका र गजुरी गाउपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

बुधवार संक्रमण पुष्टि हुने १ सय ५८ जना नै जिल्लामा रहेका छन् । अहिलेसम्म जिल्ला भित्रको सक्रिय केश ७ सय १५ र जिल्ला बाहिरको सक्रिय केश १ सय ४७ गरी जम्मा ८ सय ६२ पुगेको छ । डिस्चार्ज हुनेको संख्या ४ सय ६६ रहेको छ ।

संक्रमीतमध्ये जिल्ला भित्र अस्पताल आइसोलेसनमा १९, संस्थागत आइसोलेसन बेनिघाटमा १०, गंगाजमुनामा १२, रुबिभ्यालिमा २, गजुरीमा ४, धुनिबेसिमा १, त्रिपुरासुन्दरीमा ४, गल्छीमा ७ र जिल्लाभित्र होम आइसोलेसनमा ६ सय ५६ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २६ र होम आइसोलेसनमा १ सय २१ जना रहेका छन् ।

त्यसैगरी बुधवार निलकण्ठ नगरपालिकाका १ सय १६ जना, रुबिभ्यालि गाउपालिकाका ९ जना, गंगाजमुना गाउपालिकाका २८ जना, गजुरी गाउपालिकाका ११ जना, बेनिघाट रोराङ गाउपालिकाका १ सय ९ जना र धुनिबेसि नगरपालिकाका ५३ जना गरी जम्मा ३ सय २६ जनाको स्वाब संकलन गरीएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments