२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा अुनगमन तिब्र, एउटै पसलबाट १७ किसिमका अखाद्य सामग्री जफत

धादिङमा अुनगमन तिब्र, एउटै पसलबाट १७ किसिमका अखाद्य सामग्री जफत
सेयर गर्नुहोस्
०सेयर

आम उपभोक्ताको गुनासो पश्चात बुधबार विभिन्न पसलहरुको अनुगमन गरिएको छ। संयुक्त बजार अनुगमन टोलीद्वारा गल्छी र थाक्रे गाउँपालिकामा रहेका २२ पसल, फार्मेसी अनुगमन गरेको हो ।

अनुगमन पछि ठूलो संख्यामा म्याद गुज्रेका सामानहरु बिक्री गरेको, अनुमति नलिई सूर्तिजन्य पदार्थ र मदिरा बिक्री गरेको, अनुमति बिना फार्मेसी सञ्चालन गरेर आम उपभोक्ताको जीवनसँग खेलवाड गरेको पाइएको छ ।

अनुगमनको क्रममा म्याद गुज्रिएका तपसिलका सामानहरु जफत गरिएको छ:

गल्छी गाउँपालिकामा अनुगमन गरिएका पसल
१. पाथीभरा इन्टरप्राइजेज, गल्छी–७, प्रो. मोहनाथ ओझालाई १० हजार जरिवाना र ५ किसिमका सामग्री जफत ।
२. आदित्य फलफूल तथा किराना स्टोर, गल्छी–७, प्रो. मखनप्रसाद गुप्तालाई १० हजार जरिवाना र १७ किसिमका अखाद्य सामग्री जफत ।
३. श्रेष्ठ टे«डर्स, गल्छी–६, बैरेनी, प्रो. शिव श्रेष्ठलाई १० हजार जरिवाना र २ किसिमका सामग्री जफत ।
४. बैरेनी इन्टरप्राइजेज, गल्छी–६, बैरेनी, प्रो. विनोद भण्डारीबाट १३ किसिमका म्याद गुज्रिएका सामान जफत ।
५. गल्छी लस्सी एन्ड मिठाई सेन्टर, गल्छी–७, प्रो.इश्वरप्रसाद धितालबाट ६ किसिमका सामग्री जफत र उद्देश्य विपरित नगर्न निर्देशन ।
६. न्यू खतिवडा इन्टरप्राइजेज, गल्छी–७, प्रो.विष्णु खतिवडाबाट ४० पाकेट विस्कुट जफत गरी मूल्यसूची अद्यावधिक राख्न निर्देशन दिइएको ।
७. नमस्ते इन्टरप्राइजेज, गल्छी–७, प्रो.पविता कुमारीलाई मूल्यसूची राख्न, उद्देश्य विपरित कारोबार नगर्न निर्देशन ।
८. अर्याल सप्लायर्स, गल्छी–६, बैरेनी, प्रो.रामशरण अर्यालबाट ५ किसिमका म्याद गुज्रिएका सामान जफत ।
९. लक्ष्मी फेन्सी एन्ड कस्मेटिक पसल, गल्छी–७, प्रो.लक्ष्मी गोसाईलाई साइनबोर्ड र मूल्यसूची राख्न निर्देशन ।
१०. न्यू छाङ्गादेवी इन्टरप्राइजेज, गल्छी–७, प्रो.भूवन महर्जनको पसलमा मूल्यसूची अद्यावधिक राख्न निर्देशन दिइएको ।
११. माता भगवती स्टोर, गल्छी–४, मासटार प्रो. भगवती चालिसेलाई मूल्यसूची राख्न, बिल लिनदिन निर्देशन ।
१२. एन.आर. मिनि मार्ट, गल्छी–६, बैरेनी, प्रो.रञ्जनकाजी श्रेष्ठको पसलमा कैफियत नदेखिएको ।
१३. पि.एस. इन्टरप्राइजेज, गल्छी–७, प्रो.पूर्णकुमार श्रेष्ठको पसलमा कैफियत नदेखिएको ।
१४. न्यू पञ्चकन्या किराना स्टोर्स, गल्छी–७, प्रो.चन्द्रलाल महर्जनको पसलमा कैफियत नदेखिएको ।

गल्छी गाउँपालिकामा अनुगमन गरिएका फार्मेसी, औषधि पसल
१. गल्छी–४, मासटारमा रस्मिता अधिकारी सापकोटाले सञ्चालन गरेको औषधि पसल (दर्ता नभएको) पाइएकोले ७ दिनभित्र दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिइएको,
२. श्रद्धा प्रोटेक्ट होम, गल्छी–६, प्रो. शोभा दुवाडीले (अनुमति नलिई फार्मेसी सञ्चालन गरेको) पाइएको । ७ दिनभित्र दर्ता गर्न निर्देशन ।
३. स्मारिका फार्मेसी, गल्छी–७, प्रो.संगम श्रेष्ठले (अनुमति नलिई पोलिक्लिनिक सञ्चालन गरेको) पाइएकोले अनुमति लिन निर्देशन ।
४. राजमार्ग औषधि पसल, गल्छी–६, बैरेनी बजार, प्रो.गुलाफचन्द्र श्रेष्ठलाई सम्बन्धित निकायसँग समन्वय गरेरमात्र सञ्चालन गर्न निर्देशन ।
५. बुढीगण्डकी जनरल अस्पताल प्रा.लि. गल्छी–७, प्रो.प्रेम ब.अधिकारी सबै कागजात लिएर घरेलु कार्यालयमा सम्पर्क राख्न निर्देशन ।

थाक्रे गाउँपालिकामा अनुगमन गरिएका पसलहरु
१. घैरोङदेवी सप्लायर्स, थाक्रे–६, प्रो.देवक पुरीबाट ५ किसिमका म्याद गुज्रिएका सामान जफत । व्यवसाय नवीकरण गर्न र मूल्यसूची अद्यावधिक गर्न निर्देशन ।
२. रत्न इन्टरप्राइजेज, थाक्रे–६, महादेवबेशी, प्रो.रत्न तामाङबाट ८ किसिमका सामग्री जफत, मूल्यसूची राख्न निर्देशन ।
३. पेमा इन्टरप्राइजेज, थाक्रे–६, महादेवबेशी, प्रो.चुना आलेबाट ९ किसिमका सामग्री जफत, मूल्यसूची राख्न निर्देशन ।

यो पनि पढ्नुहोस् :

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।