२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अर्को साता प्रस्थान गर्ने

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अर्को साता प्रस्थान गर्ने

इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टिम मे २५ तारिखका दिन जाने भएको छ ।

कतार एयरवेजबाट नेपाली टिम दोहा हुँदै इराकका लागि प्रस्थान गर्नेछ ।नेपाल भन्दा निकै माथिको बरियतामा रहेको इराकसँग नेपालले मे २९ मा मैत्रीपुर्ण खेल खेल्नेछ । इराकसँगको खेलपछि नेपाली टिम फिफा विश्वकप छनौटका लागि कुवेत प्रस्थान गर्नेछ ।

इराकसँगको खेल खेलेको अर्को दिन अर्थात मे ३० तारिखमा कुवेत प्रस्थान गर्नेछ ।एन्फाले राष्ट्रिय फुटबल टिमका लागि अमेरीकी दुतावासले गरेको चार्टड फ्लाइटमा मिलाएर टिमलाई पठाउने भएको हो ।

मैत्रीपुर्ण खेल र विश्वकप छनौटका लागि राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मंगलबार २३ खेलाडीको टिम घोषणा गर्नुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।