२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङवेशीका वैंङक तथा वित्तिय संस्थाहरु एक हप्ता बन्द हुने

धादिङवेशीका वैंङक तथा वित्तिय संस्थाहरु एक हप्ता बन्द हुने
सेयर गर्नुहोस्
०सेयर

कोरोनाको जोखीम उच्च भएको भन्दै धादिङवेशीमा रहेको सम्पूर्ण बैङ्क तथा वित्तिय संस्थाहरु बन्द गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलेले निर्देशन दिएको छ ।

बैंङ्कहरुमा सर्वसाधरणको अत्याधिक भिडभाड भएकाले आगामी आईतबार देखी एक हप्ता सम्म बैंङ्क तथा वित्तिय संस्थाहरु बन्द गर्न निर्देशन दिएको हो ।

शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको वैठकले बैंङ्क तथा वित्तिय संस्थाहरु एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । यस अघि बैंङक तथा वित्तिय संस्थाहरुले हप्ताको २ दिन १० बजेदेखी २ बजे सम्म सेवा सञ्चालन गर्दै आएको थियो ।

धादिङमा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण ३६ जनाले ज्यान गुमाईसकेका छन् भने, ९१७ कोरोना संक्रमित उपचाररत छन् । यस्तै अहिले सम्म ५५३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।