
धादिङका ३५ जनामा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा गल्छी गाउपालिकाका ११ जना, नेत्रावाति डबजोङ गाउपालिकाका ८ जना, गजुरी गाउपालिकाका ६ जना, निलकण्ठ नगरपालिका, धुनिबेसि नगरपालिका, खानियाबास गाउपालिका र बेनिघाट रोराङ गाउपालिकाका १/१ जना गरी जिल्ला भित्र २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । जिल्ला बाहिर आज संक्रमण पुष्टि हुनेको संख्या ६ रहेको छ ।
अहिलेसम्म जिल्ला भित्र ७ सय २६ जना र जिल्ला बाहिर १ सय ३३ जना गरी धादिङ्गको सक्रिय संक्रमीतको संख्या ८ सय ५९ पुगेको छ ।
संक्रमीतमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १५, संस्थागत आसोलेसन धुनिबेसिमा १, गल्छीमा ७, गजुरीमा ९, बेनिघाटमा ८, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा २ जना र होम आइसोलेसनमा ६ सय ८१ जना रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १४ र होम आइसोलेसनमा १ सय १९ जना रहेका छन् ।
शुक्रबार ९३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी गंगाजमुना गाउपालिकाका १ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । योसंगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । शुक्रबार धादिङ्ग हस्पिटलमा ५३ जना, थाक्रे गाउपालिकामा ४३ जना, सिद्धलेक गाउपालिकामा ३४, गजुरी गाउपालिकामा ४२ र धुनिबेसि नगरपालिकामा ३ गरी जम्मा १ सय ७५ स्वाब संकलन गरीएको स्वास्थ्य कार्यालयले जनाएको छ ।