धादिङ मंगलबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको ।

मृत्यु हुनेमा निलकण्ठका ७२ वर्षिय पुरुष, सिद्धलेक गाउँपलिकाका ३५ वर्षिय पुरुष र नेत्रावती डबजोङ गाउँपालिकाका ४९ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै मंगलबार ९२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेमा निलकण्ठ नगरपालिकामा ६०, गल्छीमा ९, गजुरीमा ५, त्रिपुरासुन्दरीमा ६, नेत्रवातिमा १०, खानियाबास गाउपालिकामा २ जना छन् । यस्तै मंगलबार ८८ जना कोरोना मुक्त भएका छन् ।

योसँगै जिल्ला भित्रको सक्रिय केश ९८६ र जिल्ला बाहिरको सक्रिय केश १४३ गरेर धादिङ्गको सक्रिय केश ११ सय २९ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ३०, संस्थागत आइसोलेसन धुनिबेसिमा १, गल्छीमा ७, गजुरीमा ७, त्रिपुरासुन्दरीमा ६, रुबिभ्यालिमा ३ र होम आइसोलेसन् मा ९३२ रहेका छन्।

त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १२७ रहेका छन ्। धुनिबेसिमा २६ र थाक्रेमा ६ गरि आज ३२ स्वाब संकलन भएको छ ।

Facebook Comments