
सदरमुकाम धादिङबेसीमा रहेको अस्थायी कोभिड अस्पतालमा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।
धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालका लागि पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख कल्पना धमलाको पहलमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. काशिराज पाण्डे, डा. दिलशा सिंखडा, अस्ट्रेलिया निवासी रोशन कार्की र दिपक धमलाले स्वास्थ्य सामग्री सहयोग गरेको धादिङ अस्पतालले जानकारी दिएको छ ।
सहयोग सामग्रीहरुमा सर्जिकल ग्लब्स १ सय बक्स र अक्सिजन फ्लोमिटर १० थान, सर्जिकल मास्क ५ हजार थान, स्यानिटाइजर १० लिटर रहेको छ ।