
धादिङका ४ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमा धुनिबेसि नगरपालिकाका ९२ बर्षीय पुरुष, ४० बर्षीया महिला, गंगाजमुना गाउपालिकाका ६८, ४८ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
योसगैँ जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ । विहिबार थप १ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ५ जना, धुनिबेसि नगरपालिकाका ४ जना, गजुरी गाउपालिकाका ५ जना, त्रिपुरासुन्दरी गाउपालिकाका २६ जना, गंगाजमुना गाउपालिकाका ६ जना, थाक्रे गाउपालिकाका १८ जना र रुबिभ्यालि गाउपालिकाका २९ जना गरी जिल्ला भित्र ९३ जनामा आज संक्रमण पुष्टि भएको हो ।
विहिबार जिल्ला बाहिर संक्रमण पुष्टि हुनेको संख्या २३ जना रहेको छ । विहिबार डिस्चार्ज हुनेको संख्या ६२ रहेको छ । जिल्ला भित्र १ हजार १ सय ८३ र जिल्ला बाहिर १ सय ४९ गरि जिल्लाको सक्रिय संक्रमीतको संख्या १ हजार ३ सय ३२ पुगेको छ । संक्रमीतमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २९, संस्थागत आइसोलेसनमा २० र होम आइसोलेसनमा १ हजार १ सय ३४ जना रहेका छन् ।
जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २० र होम आइसोलेसनमा १ सय २९ रहेका छन् । त्यसैगरी निलकण्ठ नगरपालिकामा ३ सय २६ जना, गल्छी गाउपालिकामा २४ जना, बेनिघाट रोराङ्ग गाउपालिकामा ६१ जना, गंगाजमुना गाउपालिकामा ३२ जना, थाक्रे गाउपालिकामा १९ जना गरि आज ४ सय ६२ जनाको स्वाब संकलन गरीएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।