२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको कोरोना अपडेट : एकैदिन १ सय २८ जना कोरोना संक्रमित निको भए,१ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सेयर गर्नुहोस्
०सेयर

शनिबार धादिङमा एकैदिन १ सय २८ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै धादिङका १ सय ८४ जनामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १ सय ८४ जना नै जिल्लाभित्र रहेका छन् ।

जसमा निलकण्ठ नगरपालिकाका ७८ जना, धुनिबेसि नगरपालिकाका ५ जना, गजुरी गाउपालिकाका ४ जना, बेनिघाट रोराङ गाउपालिकाका २७ जना, त्रिपुरासुन्दरी गाउपालिकाका १६ जना, गंगाजमुना गाउपालिकाका ९ जना, नेत्रवाति डबजोङ गाउपालिकाका ३६ जना, सिद्धलेक गाउपालिकाका ६ जना, रुबिभ्यालि गाउपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसगैँ जिल्ला भित्र १ हजार २ सय ७७ र जिल्ला बाहिर १ सय ६१ गरेर जिल्लाको सक्रिय संक्रमीतको संख्या १ हजार ४ सय ३८ पुगेको छ । संक्रमीतमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ३ ९, संस्थागत आइसोलेसनमा २४ र होम आइसोलेसनमा १ हजार २ सय २१ जना रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १ सय ३६ रहेका छन् ।

त्यसैगरी शनिबार निलकण्ठ नगरपालिकामा २ सय ९१ र ज्वालामुखी गाउपालिकामा १ सय ७१ गरी आज ४ सय ६२ स्वाब संकलन भएको छ । ८९ एनटीजेन परिक्षणमा २५ जना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।