२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गंगाजमुना गाउँपालिकामा अक्सिजन सहितको १० शैयाको आईसोलेसन स्थापना

गंगाजमुना गाउँपालिकामा अक्सिजन सहितको १०  शैयाको आईसोलेसन स्थापना
सेयर गर्नुहोस्
०सेयर

धादिङको गंगाजमुना गाउपालिका वडा नम्बर ५ मा रहेको ग्रामीण अस्पताल फुलखर्कमा थप ५ शैयाको अक्सिजन सहितको आइसोलेसन निमार्ण गरीएको छ ।

गाउपालिकाले आइतबार ग्रामिण अस्पतालमा थप ५ शैयाको आइसोलेसन निमार्ण गरेको हो । योसगैँ गाउपालिकामा १० शैयाको अक्सिजन सहितको आइसोलेसन निमार्ण भएको गंगाजमुना गाउपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो । यसअघि ग्रामीण अस्पतालमा ५ शैयाको मात्र आइसोलेसन रहेको थियो ।

अहिले गाउपालिकाको आइसोलेसनमा १ जना कोरोना भाइरस संक्रमीतको उपचार भइरहेको छ । गाउपालिकाको सबै स्वास्थ्य चौकीमा तत्कालको लागि अक्सिजनको व्यवस्था गरिएको र आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने विरामीहरुको लागि आईसोलेसन निमार्ण गरिएको स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।