
१७ जेठ, धादिङ ।
लुम्बिनी प्रदेशमा रिक्त रहेको एक राष्ट्रिय सभा सदस्यका लागि आज सम्पन्न भएको उपनिर्वाचनमा गठबन्धन दलका उम्मेद्धावार दृगनारायण पाण्डे विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेद्धावार पाण्डेले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा एमालेका उम्मेद्धावार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् ।
खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । जसमा पाण्डे ४ हजार १ सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले भने ३ हजार ६ सय १२ मत प्राप्त गरेको हो ।
निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१३ गरी २९६ मत खसेको थियो । प्रदेशसभा र स्थानीय तहतर्फका १ / १ मत बदर भएको थियो । उपनिर्वाचनमा माधव – झलनाथ समुहको सहयोगमा गठबन्धन दलका उम्मेद्धावार पाण्डेले जित हाँसिल गरेको हो ।