
धादिङमा मंगलबार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ११, गल्छी गाउपालिकामा ६, गंगाजमुना गाउपालिकामा ९, थाक्रे गाउपालिकामा ३, त्रिपुरासुन्दरी गाउपालिकामा १ र धादिङ्ग अस्पतालमा ५ जना रहेका छन् । योसँगै जिल्ला भित्र १४५६ र जिल्ला बाहिर ११० गरेर धादिङ्गमा कोरोना सक्रिय संक्रमितको संख्या १५६६ पुगेको छ ।
जसमध्ये धादिङ्ग अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा १९ र होम आइसोलेसनमा १४१६ जना रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा ८५ रहेका छन् । यस्तै आज कोरोना संक्रमित थाक्रे गाउपालिकाका ६५ बर्षीय पुरुषले ज्यान गुमाएका छन् ।
योसँगै धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । मंगलबार ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज गजुरीमा ७ जनाको स्वाब संकलन भएको छ । ४७ जनाको एन्टीजेन परिक्षण गर्दा २१ जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।