
तत्कालीन राजाविरेन्द्र शाहको बंशनाशहुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पुरा भएको छ ।
२०५८ जेठ १९ गते साँझ राजदरवारभित्रैतत्कालीन राजावीरेन्द्र सहितरानी ऐश्वर्य, युवराजदीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोलीप्रहार गरी हत्याभएको थियो ।
दरबारमाभएको पारिवारिक जमघटका अवसरपारी उक्त हत्याकाण्ड भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमाभएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। हत्याकाण्डपछि तत्कालीनप्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीनयुवराजदिपेन्द्र शाहले हत्का गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
जेठ १९ को घटनामा तत्कालीनयुवराजदीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीहानेको र पछि आफैँलाई गोलीहानेको भन्ने प्रतिवेदनउल्लेख गरिएको थियो । तत्कालीन सभामुखतारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेकाथिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।