नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । १९ जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेपनि नेपालको ७६ प्रतिशत जनसंख्या अझै जीवन बीमाको पहुँचभन्दा बाहिर रहेको सरकारी तथ्याङ्क छ । बीमा गर्नुको पहिलो उदेश्य जोखिमको न्यूनिकरण हो भने दोस्रो त्यसबाट आउने प्रतिफल वा बोनस हो ।
जीवन विमाको महत्व र आवश्यकता सम्बन्धी सरकारी तवरबाट नै पहल हुनुपर्ने जीवन बीमाका जानकारहरु बताउँछन् । अध्यादेश मार्फत ल्याईएको आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले जीवन बीमाको पहुँच २४ प्रतिशतबाट बढाएर ३३ प्रतिशत पुर्याईने जानकारी दिनुभयो । नेपालमा विगत ३३ वर्षदेखी ग्राहकको सेवामा समर्पित नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ विकास अधिकृत रामचन्द्र अर्याल ज्यू सँग जीवन बीमाको महत्व आवश्यकता र नेशनल लाईफ जीवन बीमा कम्पनीको विषयमा रहेर रेखबहादुर गुरुङले कुराकानी गर्नुभएको छ ।

जीवन बीमा भनेको के हो ?
# ब्यक्तिको जीवनमा आईपर्ने आर्थिक जोखिम  व्यवस्थापन गर्ने एक भरपर्दो माध्यमलाई जीवन बीमा भनिन्छ। जीवन बीमामा थोरैथोरै रकम बचत गरी धेरै रकमको जोखिम वहन गराउन सकिन्छ अर्थात आफ्नो शरीरको जोखिम बीमा कम्पनीमा हस्तान्तरण गर्न सकिन्छ । साथै प्रतिफलको रूपमा आकर्षक बोनस समेत प्राप्त हुनेछ ।
बीमामा मुख्यतः दुई पक्ष हुन्छन्: एउटा बीमा गर्ने पक्ष अर्थात बीमीत, अर्को बीमा गरिदिने पक्ष अर्थात बीमा कम्पनी। जीवन बीमा यी दुई पक्षबिचको एक करार हो, जसमा बीमितले तोकिएको किस्तामा बीमाशुल्क बुझाउने र बीमा कम्पनीले जोखिम वहनको अतिरिक्त अवधिको अन्तमा बोनस सहित एकमुष्ट रकम फिर्ता गर्ने कबुल गरेको हुन्छ। तसर्थ, जीवन बीमालाई एक आर्थिक एबम जोखिम व्यवस्थापनको एक भरपर्दो माध्यमको रूपमा परिभाषित गर्न सकिन्छ ।
नागरिकले किन गर्ने जीवन बीमा ? 
# मानव जीवनका आधारभूत आवश्यकताहरुमा खाना, नाना, छाना, शिक्षा, स्वास्थ, रोजगारी आदि पर्दछन्। यी आवश्यकताहरु समेत पुरा नहुँदै मानिसले जीवन बीमाको बारेमा सोच्न सक्दैन। जब ति आवश्यकताहरु पूरा भई बर्तमान सुनिश्चित भएको महसुस हुन्छ, तब आफ्नो र परिवारको भबिष्य निर्माणका निम्ति कुनै भरपर्दो ब्यवस्थापन गर्ने सोच जाग्नेछ । आफुसङ्ग रहेकोे जगेडा रकम बचत वा लगानी गर्ने विभिन्न माध्यमहरु बजारमा उपलब्ध रहेपनी जीवन बीमाले जोखिम वहनको साथै दीर्घकालीन लगानीको रूपमा आकर्षक बोनस समेत प्राप्त हुने हुनाले अपरिहार्य मानिन्छ । सामान्यतया, मानिसले जीवन बीमा गर्नुपर्ने कारणहरु निम्न छन् :
– दीर्घकालीन बचतका निम्ति
– जोखिम व्यवस्थापनका निम्ति
– बालबच्चाको शिक्षा, बिबाह तथा ब्यवसायिक जीवनको शुरुआति रकमको जोहो गर्नका निम्ति
– सुलभ ब्याजदरमा कर्जा प्राप्त गर्नका निम्ति
– बुढेसकालको आर्थिक सुरक्षाका निम्ति
– कुलतबाट छुटकारा पाउनका निम्ति
– राष्ट्रिय पुजी संकलनमा सहयोगका निम्ति
लगायत विभिन्न फाईदाहरु प्राप्त हुने हुनाले न्युनतम आवश्यकता पूरा गरिसकेका नागरिकहरु सबैले  जीवन बीमा गर्नु अपरिहार्य छ ।

ADVERTISEMENT


 बीमा पनि ब्यापार जस्तो देखिन्छ नि? प्रतिस्पर्धा बढी नै देखिन्छ त ?
# हो, बीमा क्षेत्रलाई  एक सेवामूलक ब्यापार वा ब्यवसायकै रूपमा लिने गरिन्छ जसले ब्यक्ति तथा विभिन्न सम्पत्तिहरुमा रहेको जोखिम वहन गरिदिएर  निश्चिन्त गरिदिन्छ। हामी आफ्नो जीवन बीमा गरि आफ्ना आश्रीतहरुप्रतिको जिम्मेवारी पुरा गर्न सक्छौं। त्यस्तै सम्पत्तिहरुको बीमा गरि सम्भावित दुर्घटनाबाट हुनसक्ने हानी नोक्सानी न्यूनीकरण गर्न सक्छौं ।
जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, बजारका निम्ति यो अपरिहार्य नै छ। स्वास्थ प्रतिस्पर्धाले ग्राहकबर्गमा छनोटको  अवसर दिन्छ र कम्पनीहरुलाई समेत आफ्ना सेवाहरुमा निखार ल्याउन बाध्य पार्दछ । तर यदाकदा बीमा बजारमा देखिने अस्वस्थ प्रतिस्पर्धाले ग्राहकहरुमा दुबिधा एबम अबिश्वास पैदा भई समग्र बीमा क्षेत्रमै नकारात्मक असर परेको समेत अनुभव गर्न सकिन्छ।
 धेरै संख्याका बीमा कम्पनी नागरिकलाई सेवा भन्दापनि तनाव बढि दिएको गुनासो आउँछ नि ?
# बिशेष गरि जीवन बीमाको बजारमा बिगत दुई वर्ष यता १० वटा नयाँ बीमकहरु थपिए सङ्गै यो क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धाको स्थिति सिर्जना भएको छ।एकैपटक दोब्बर संख्यामा कम्पनीहरु थपिदा केहि बिकृतिहरु पनि थपिएका नहोलान भन्न सकिन्न। तैपनि मलाई यो लाग्दैन कि बीमा कम्पनीहरुले नागरिकलाई तनाव दिईरहेका छन्। यसो भनिरहदा बीमा क्षेत्रमा कुनै समस्या नै छैन भन्न खोजेको चाहिँ पक्कै पनि होईन । “अल्पविद्या भयंकरी”, यदाकदा केही बीमाकर्मी साथीहरूले आफ्नै कम्पनी र बीमा प्रोडक्ट तथा प्रतिफलका बारेमा यथार्थ बिवरणको सट्टा बढाईचढाई ब्याख्या गरि ब्यवसाय संकलन गरेको जानकारी पाईएको छ । समाज, सरकार एबम नियामक निकायहरुको नियन्त्रणले यस्ता गुनासाहरु न्यूनीकरण हुँदै जाने बिश्वास गर्न सकिन्छ।
नेशनल लाईफ इन्सुरेन्समा बीमा गर्दा के फाइदा छ?
# नेपाल सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंक प्रबर्द्धक रहि नेपालकै पहिलो जीवन बीमा कम्पनीको रूपमा बि. सं. २०४४ सालमा स्थापित नेशनल लाईफमा बीमा गर्दा अन्य सबै सामान्य सुबिधाहरुको अतिरिक्त निम्न बिशेष फाइदाहरु पाईन्छन् :
क) सुरक्षित एबम उच्च प्रतिफल: उच्च ग्राहक बोनस दर
ख) आकर्षक बीमा योजनाहरु
ग) देशब्यापी शाखा संरचना, कुनैपनी शाखाबाट सेवा  लिन सकिने
घ) अनुभवी एबम दक्ष व्यवस्थापन टिम ।
धादिङमा कतिले गरेका छन् तपाईको बीमा कम्पनीबाट ?
# धादिङबेसिमा हाम्रो शाखा बि. स. २०६६ मा खुलेको हो। त्यसअघि प्रधान कार्यालय मार्फत गरिएका बीमालेखहरुको यकिन संख्या हामिसङ्ग छैन। हाल धादिङबेसी शाखाको साथै राजमार्ग क्षेत्रको बढ्दो बजार मागलाई ध्यानमा राखेर गजुरिमा समेत शाखा स्थापना गरिएको छ। हालसम्म यी दुबै शाखा मार्फत जारी भएका बीमालेखहरुको संख्या दश हजारभन्दा बढी पुगिसकेको रेकर्ड छ ।
नागरिकको लगानीको सुरक्षा कसरी हुन्छ ?
# बीमा कम्पनीले ग्राहकहरुबाट संकलन गरेको बीमाशुल्कबाट दावी भुक्तानी लगायत अन्य कार्यालय संचालन खर्चहरु कटाई बाकी रकम जीवन बीमाकोष ( Life Fund ) मा जम्मा गरि नियामक निकाय श्री बीमा समितिको निर्देशन पालना गरि लगानी गर्दछ्न ।  बीमा समितिले तयार पारेको “लगानी सम्बन्धि निर्देशिका” बमोजिम बीमा कम्पनीहरुले ९० प्रतिशत भन्दा बढी रकम तोकिएकै क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ र बाकी १० प्रतिशत रकम मात्रै स्वेच्छिक लगानीका क्षेत्रहरूमा लगानी गर्न पाउने हुनाले नागरिकको लगानीको पुर्ण सुरक्षाको प्रत्याभूति गर्न सकिन्छ ।
Facebook Comments