२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गल्छीको मास्टारमा एम्बुलेन्स दुर्घटना, १ घाईते

गल्छीको मास्टारमा एम्बुलेन्स दुर्घटना, १ घाईते
सेयर गर्नुहोस्
०सेयर

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टारमा एम्बुलेन्स दुर्घटना हुदा १ जना घाइते भएको छ ।

विहिबार दिउँसो २ बजेको समयमा धादिङबाट काठमाडौँतर्फ जादैँ गरेको प्रदेश ३–०१००२ झ ४९३८ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउदै गरेको ना ६ ख १२२० नम्बरको ट्रक एक आपसमा ठक्कर खादा एक जना घाइते भएको डिएसपि जागेश्व भण्डारीले जानकारी दिनुभयो ।

घाइते एम्बुलेन्स चालक गंगाजमुना गाउपालिका वडा नम्बर ७ का २८ बर्षीय सन्तोष श्रेष्ठको काठमाडौँमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी चौकी बैरेनीको नियन्त्रणमा रहेको डिएसपि जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।