धादिङमा थप १ सय ६८ जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा जिल्ला भित्र १ सय ३२ र जिल्ला बाहिर ३६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसगैँ जिल्ला भित्र १ हजार ४ सय ८३ र जिल्ला बाहिर १ सय ३० गरी जिल्लामा १ हजार ६ सय १३ सक्रिय संक्रमितको रहेका छन् । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा १ हजार ४ सय ३६ रहेका छन् ।

जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २८ र होम आइसोलेसनमा १ सय २ रहेका छन् । त्यसैगरी सिद्धलेक गाउपालिकाका ७९ बर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

यस्तै बुधबार १ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा बुधबार २ सय २७ जनाको स्वाब संकलन गरीएको छ । बुधबार एन्टीजेन परिक्षण गरीएका १ सय १७ जनामध्ये ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments