धादिङमा १ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुुनेमा निलकण्ठ नगपालिकाका ७५ जना, धुनिबेसि नगरपालिकाका ११ जना, गल्छी गाउपालिकाका ६ जना, बेनिघाट रोराङ गाउपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउपालिकाका २ जना, थाक्रे गाउापलिकाका १, गंगाजमुना गाउापलिकाका २४ र खानियाबास गाउपालिकाका ६ जना गरी जिल्ला भित्र १ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

विहिबार जिल्ला बाहिरको पोजिटिभ केश २१ रहेको छ । योसगैँ जिल्ला भित्र १ हजार ३ सय ८६ र जिल्ला बाहिर १ सय ५१ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३७ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा ३२ र होम आइसोलेसनमा १ हजार ३ सय ३३ रहेका छन् ।

जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३० र होम आइसोलेसनमा १ सय २१ रहेका छन् । त्यसैगरी ज्वालामुखी गाउपालिकाका ७४ बर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । योसगैँ जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

विहिबारको डिस्चार्ज संख्या २ सय २१ रहेको छ । त्यस्तै विहिबार निलकण्ठ नगरपालिकामा १ सय ३३ र गंगाजमुना गाउपालिकामा ५९ गरि १ सय ९२ जनाको स्वाव संकलन गरिएको छ । विहिबार एन्टीजेन परिक्षण गरीएका १ सय ९ जनामध्ये ४२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments