२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

निलकण्ठ १० हनुमान डाँडाका विपन्न परिवारलाई हेल्पीङ ह्याण्ड जापानको खाद्ययन्न सहयोग

निलकण्ठ १० हनुमान डाँडाका विपन्न परिवारलाई हेल्पीङ ह्याण्ड जापानको खाद्ययन्न सहयोग
सेयर गर्नुहोस्
०सेयर

हेल्पीङ ह्यान्ड जापानले शनिबार खाद्यान्न सामाग्री वितरण गरेको छ । राम हरी कडेलको पहलमा हेल्पीङ ह्यान्ड जापानले धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमान डाँडाका दलित, विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

६८ घरधुरीलाई १ लाख ५७ हजार रकम बराबरको खाद्यान्न सामाग्री वितरण गरीएको हो । जसमा प्रत्येक परिवारलाई १ बोरा चामल, १ लिटर तेल, नुन, दाल लगायतको खाद्यान्न सामाग्री वितरण गरिएको रामहरी कंडेलले बताउनुभयो ।

जापानमा विभिन्न पेसा व्यवसाय र अध्यायन गर्नेहरुको सहयोगमा राहात सामाग्री उपलब्ध गराएको हो । विश्वमा नै महामारीको रुपमा रहेको कोरोना भाइरस स्रक्रमणको बेलामा ज्याला मजदुरी गरी आफ्नो परिवार पाल्ने दलित विपन्न परिवारहरुलाई राहात मिलोस् भन्ने उद्देश्यले हेल्पीङ ह्यान्ड जापानले सहयोग गरेको कडेलले बताउनुभयो ।

कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विजयराज इटनी, दलित महिला सदस्य सुन्दरी परियार लगायतको रोहबरमा खाद्यान्न सामाग्री वितरण गरिएको कडेलले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।