२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जिल्ला प्रशासन धादिङको बजार अनुगमन तिव्र, शनिबार २ ओटा पसल फन्दामा परे

जिल्ला प्रशासन धादिङको बजार अनुगमन तिव्र, शनिबार २ ओटा पसल फन्दामा परे
सेयर गर्नुहोस्
०सेयर

जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु कार्यालय धादिङले नियमित रुपमा बजार अनुगमन गरि रहेको छ ।

उपभोक्ताको निरन्तरको गुनासोपश्चात शनिबार नियमित बजार अनुगमन अन्तर्गत नीलकण्ठ नगरपालिकाको निगालपानी, चाम भन्ज्याङ, सिम्ले ज्यामरुङ, पचघरे, कुडुल्ले, पहरेचौतारो र त्रिवेणी चोकका १४ ओटा पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

सोही क्रममा शनिबार धादिङबेसी स्थित त्रिबेणी चोकमा रहेको लिला किराना स्टोरलाई बजार अनुगमन टोलीले २० हजार जरिवाना गराएको छ । धादिङवेशीमा रहेको लिला किराना स्टोरको गोदाममा खानतलाशी गर्दा २८ कार्टुन म्याद गुज्रिएका बियर, १ कार्टुन तेल, २ कार्टुन कुकीजलगायतका सामग्री फेला परेको, खरिद बिल देखाउन नसकेको कारण २० हजार रुपैयाँ जरिवाना गरी उक्त सामान जफत गरिएको छ ।

यस्तै देवांगी खाद्य तथा किराना स्टोर, नीलकण्ठ नगरपालिका, सिम्ले ज्याम्रूङलाई आवश्यक कागजात पेश गर्न नसकेको, म्याद गुज्रिएका सामग्रीहरू बिक्री गरेको, अनुगमन टोलीलाई आवश्यक सहयोग नगरेको कारण रू. १० हजार जरिवाना गरी सामान जफत गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।