२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने, सतर्कता अपनाउन सुझाव

नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने, सतर्कता अपनाउन सुझाव
सेयर गर्नुहोस्
०सेयर

नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेभएको छ । अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ । नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको मनसुन जुन १३ नजिक छ ।

मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आएको र त्यो पूर्वी क्षेत्र हुँदै देशभर फैलने र सामान्यता पर्ने १५ सय मिलिमिटर पानी भन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको संयोजनमा समिति रहने र त्यसले काम गर्ने गरेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष बाढी र पहिरो जाने गर्छ । त्यसको लागि पूर्व तयारी रहने गर्छ र अहिले कोभिडको समस्या पनि पुरानो भइसकेकोले आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।