मंसिर १४, धादिङ ।
चितवनको ईच्छामनकामना गाउँपालिकाको वडा नम्बर ४ चुम्लीङटारस्थित त्रिशुली नदिमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । हिजो बिहान सवा ९ बजे काठमाण्डौंबाट अर्घखाँची तर्फ जाँदे गरेको लु २ ख २९१ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किदा त्रिशुली नदीमा खसेको थियो ।

त्रिशुली नदिमा बस खस्दा बसमा सवार ८ को मृत्यु भएको छ भने २५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा देवदह नगरपालिका घर भएका दिपक पाण्डे, अर्घखाँची घर भएका नुदराम अधिकारी, दैलखका अमर बहादुर शाही र वर्दघाट नगरपालिका १ का कृष्ण ढकाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका ४ जनाको भने अझै सनाखत हुन सकेको छैन । दुर्घटनामा परि घाईते हुनेहरुको उद्धार गरि काडमाण्डौं र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मुग्लिन प्रहरीले दिएको जानकारी अनुसार बसमा सवार ८ यात्रुको मृत्यु र २५ जना घाइते भएपनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटना स्थलमा शसस्त्र प्रहरी, नेपाल प्रहरी , नेपाली सेना पुगी उद्धार गरिएको थियो ।

Facebook Comments