मंसिर १५, धादिङ ।

धादिङको सिद्धलेक र बेनिघाट रोराङ गाउपालिकाको विभिन्न वस्तीहरुमा घरमै खानेपानी पुगेपछि स्थानीय खुशी भएका छन् । अक्फाम नेपालको साझेदारीमा फोकस नेपालद्वारा संचालित नेपाल भुकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत दुबै गाउपालिकाको विभिन्न वस्तीमा खानेपानीको व्यवस्था मिलाइए सङगै स्थानियहरु खुशि भएका हुन् ।

यसअघि एक घण्टा टाढाबाट पानी बोक्नुपर्ने र घन्टौसम्म कुर्नुपर्ने समस्या समाप्त भएर घर–घरमा पानी आएपछि अव भने अन्य दैनिक कार्य सञ्चालनमा पनि सहज हुने स्थानियहरुले बताएका छन् ।  संस्थाले सिद्धलेक गाउपालिकाको वडा नम्वर ६ स्थित डुम्रेभंज्याङ कालिका आधारभुत विद्यलयमा बालमैत्री धारा, लैङ्गिकमैत्री शौचालय निर्माण परियोजना, कुम्पुरभंज्याङ खानुेपानी परियोजना अन्तर्गत खानेपानीको मुहानमा ट्याङ्की निर्माण गरि ६८ घरमा धारा निर्माण भएको कुम्पुरभंज्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगालाल घलेले जानकारी दिनुभयो ।

यस्तै अक्सफाम र फोकस नेपालकै साझेदारीमा बेनिघाट रोराङ गाउपालिकाको वडा नम्वर ३ मा संचालित कात्राक खानेपानी आयोजना  र वडा नम्वर ५ मा संचालित माइटार खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी आयोजनाबाट कात्राकमा २५ घरधुरी  लाभान्वित भएका छन् । अक्सफाम र फोकस नेपालको साझेदारीमा सिद्धलेक र बेनिघाटरोराङ गाउपालिकामा संचालित खानेपानी परियोजनाहरुको आज अनुगमन गरिएको छ । योजनाको अक्फाम, फोकस नेपाल, जिल्ला विभिन्न सरकारी कार्यालायका कर्मचारीहरुको संयुक्त टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केही ठाउँहरुमा बनिसकेका संरचनाहरु प्रयोगमा नआएको र प्रयोगमा नआउँदै विग्रीसकेको भेटिएको थियो । त्यस्ता योजनाका उपभोत्ता समिति तथा विद्यालयहरुलाई सुधार गर्न आग्रह गरिएको थियो ।

साथै अनुगमनमा सहभागीहरुले आयोजना दिगो बनाउन सुझाब दिएका छन् । परियोजनामार्फत हरेक गाउलेको घरघरमा खानेपानी आएपछि अहिले गाउबासीको दैनिकी नै परिवर्तन भएको कुम्पुर भंज्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगालाल घलेले बताउनुभयो । खानेपानी घरघरमा पुगेपछि खासगरि महिलाहरुलाई धेरै सहज भएको उहा बताउनुहुन्छ । लिफ्टीङ प्रविधिबाट पानी तानेकोले समय समयमा विद्युत लाईनमा समस्या आउने हुँदा तालिमको व्यवस्था गरिदन घलेले आग्रह गर्नुभयो । ने साथै उहाँले विद्युत महशुलमा छुटको माग गर्नुभएको छ ।

यसअघि एक घण्टासम्म हिडेर एक गाग्री पानी बोकेर आउनुपरेको दुःख सम्झदै स्थानीय जुनुमाया विश्वकर्मा अहिले घरमै पानि आएपछि धेरै सजिलो भएको बताउनुहुन्छ । भान्छाको काम, लुगा धुन, नुहाउन, गाईवस्तुलाई खुवाउन, बारीमा सागसब्जीमा पनि पानी राख्न पाएपछि घरमै तरकारी फलाएर खान पाएको जुनुमाया विश्वकर्माले बताउनुभयो ।

फोटो हेर्नुहोस् :

Facebook Comments