२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बुढिगण्डकी नदिमा बेपत्ता भएका ज्वालामुखीका ३ जना युवा अझै फेला परेन

बुढिगण्डकी नदिमा बेपत्ता भएका ज्वालामुखीका ३ जना युवा अझै फेला परेन
सेयर गर्नुहोस्
०सेयर

गत मंगलबारदेखी बुढिगण्डकी नदिमा हराईरहेका ३ जना युवा अझै फेला पर्न सकेका छैन ।

मलामी गएर नुहाउने क्रममा बुढिगण्डकी नदिले बगाएर बेपत्ता बनाएका उनिहरुको अहिले स्थानिय र प्रहरीहरु मिलेर खोजी कार्य चलिरहेको छ । पानीको बहाव बढेकाले खोजी गर्न असहज भएता पनि खोजी कार्य भने चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का २२ वर्षिय सुवास नेपाली, २१ वर्षिय दिनेश नेपाली र १९ वर्षिय सन्तोष नेपाली रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।