धादिङका ७२ जनामा आईतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुने ७२ जना नै जिल्लामा रहेका स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । जसमा ज्वालामुखी गाउपालिकाका २१ जना, सिद्धलेक गाउपालिकाका १८ जना, जिल्ला अस्पतालमा १२ जना, गल्छी गाउपालिकाका १ जना, त्रिपुरासुन्दरी गाउपालिकाका ५ जना, गंगाजमुना गाउपालिकाका ११ जना, नेत्रवाति डबजोङ गाउपालिकाका १ जना र रुबिभ्यालि गाउपालिकाका ३ जना रहेका छन् ।
योसगैँ जिल्ला भित्र ९ सय ९ र जिल्ला बाहिर १ सय ४१ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या १ हजार ५० पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २७, संस्थागत आइसोलेसनमा ३३ र होम आइसोलेसनमा ८ सय ४९ रहेको छ । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३० र होम आइसोलेसनमा १ सय ११ रहेका छन् ।
आईतबार ९३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी जिल्लामा आईतबार १ सय ५४ जनाको स्वाब संकलन गरीएको छ । आईतबार एन्टीजेन परिक्षण गरीएका ४८ जनामध्ये २१ जनामा कोरोना भाइरस संत्रक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।









