२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पतालमा जडान गरिएको अक्सीजन प्लान्ट सामाजिक विकास राज्यमन्त्री अधिकारीद्वारा उद्घाटन

धादिङ अस्पतालमा जडान गरिएको अक्सीजन प्लान्ट सामाजिक विकास राज्यमन्त्री अधिकारीद्वारा उद्घाटन
सेयर गर्नुहोस्
०सेयर

सदरमुकाम धादिङवेशींमा रहेको धादिङ अस्पतालले जडान गरेको अक्सिजन प्लान्टको आज उद्घाटन गरिएको छ । अक्सिजन प्लान्टको वागमती प्रदेशका सामाजिक विकास राज्यमन्त्री एवम् धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले उद्घाटन गर्नुभएको हो ।

अक्सिजन प्लान्टको उद्घाटन गर्दै डाक्टर अधिकारीले धादिङ अस्पताललाई सुविधा सम्पन्न बनाउने बताउनुभएको छ । अस्पतालको सुविधा सम्पन्न बनाउन चाडै नै आवश्यक यन्त्र उपकरणहरु उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो ।

अस्पतालको फोहोर व्यवस्थापन, लाश फ्रिज गर्न, लड्रि मेसिन, थाइरोइड टेस्ट, मृगौला रोगीहरुको लागि डायलासिस सेवा दिने तयारी गरेको बताउनुभयो । अक्सिजन प्लान्टले ५ देखि ९० लिटरसम्मको अक्सिजन उत्पादन गर्ने र एक दिनमा १ देखि २५ वटा सम्म अक्सिजन सिलिण्डर भर्न सकिने छ ।

अक्सिजन भर्ने बुस्टर अस्पतालमा नभएको हुनाले अहिले अक्सिजन प्लान्ट बाट सिधै हरेक बेडहरुमा ९५ प्रतिशतको शुद्धतामा अक्सिजन पु¥याईने छ । उक्त प्लान्टबाट १० वर्ष सम्म अक्सिजन उत्पादन गर्ने बताइएको छ । यसले गर्दा बिरामीलाई आवश्यक पर्दा प्रयोग गर्न सहज हुने अस्पतालले जनाएको छ ।

भेन्टिलेटर सेवा, आइ.सी.यु सेवा देखि धादिङ अस्पतलामा हृदयघात सम्मको उपचार धादिङ अस्पतालमा सुरु भैसकेको जनाउँदै अस्पतालमा अहिले जनशक्तिको अभाव रहेको बताउनुभयो । जनशक्ति अभावको समस्या प्रदेश सरकारले हल गर्ने मन्त्रि अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।