१० असार, धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिकाको नवौ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि तय गरिएको निती तथा कार्यक्र सर्वसम्मत रुपमा पारीत गरीएको छ । गाउँपालिकाले आगामी वर्षको लागि आर्थिक विकास, कृषी, पूर्वाधार, पर्यटन, सिचाँई, पुर्वाधार विकास, मर्मत तथा सुधार, विधुतिकरण स्वास्थ्य र कृषि क्षेत्रलाइ प्राथमिकतामा राखेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आफ्नो गाउँपालिका भित्रका आम मानिस, अल्पङख्यक तथा पछाडी परेका वर्ग र समुदायका मानिसलाइ राज्यबाट प्रदान गरिने सेवा, सुविधाका साथै विकासको मुलधारमा ल्याई विकास निर्माणको प्रकृयामा सहभागी गराइ समाज परिवर्तन गराउने, कृषी क्षेत्रको आधुनिकिकरण, व्यवसायीकरण, विविधिकरण गर्ने, उत्पादनशिल क्षेत्रमा लगानी गर्ने, युवाहरुलाई कृषी क्षेत्रमा लाग्न उत्प्रेरीत गर्दै प्रोत्साहन गर्ने जस्ता कार्यक्रमहरु समावेस गरिएको छ ।
यसका साथ – साथै भौतिक तथा पूर्वाधार विकास तर्फ सडक स्तारोन्नती तथा कालेपत्रे गर्ने, खानेपानी स्रोत खोजि एक घर एक धाराको निती अनुसार बाँकी रहेका घरधुरीमा खानेपानी पुर्याउने, फलफूल तरकारीका लागि प्राविधिक सहयोगका साथै मल, बीउ, भिटामिन, क्षमता विकास, तालिम सुक्खा एवं बाँझो जग्गामा कृषिलाई प्रोत्साहन गरी कृषि उत्पादन र उत्पादकत्व बढाइने, कृषि क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने उल्लेख गरिएको छ । सिद्धलेक गाउँपालिकाले तय गरिएको सबै नीति तथा कार्यक्रलाई कार्यान्वयन गरी सफल बनाउन पर्याप्त बजेट ल्याउने तयारी भइरहेको पनि गाउँपालिका अध्यक्ष सिलवालले बताउनुभएको छ । प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले सञ्चालन गर्नुभएकोे कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्य रहेको थियो । साथै कार्यक्रममा उपाध्यक्ष कमला शर्मा, सात वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।