२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : ११४ जना कोरोना संक्रमणमुक्त, १८ जनामा कोरोना पुष्टि

कोरोना अपडेट धादिङ : ११४ जना कोरोना संक्रमणमुक्त, १८ जनामा कोरोना पुष्टि
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

थाक्रेमा १, नेत्रावतीमा ४, रुबिभ्यालिमा २, ज्वालामुखीमा १, गंगाजमुनामा ७ र धादिंग अस्पतालमा ३ गरेर जिल्लामा शुक्रबार १८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोराना सकृय संक्रमितको संख्या ७६२ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १०, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ६४२ रहेका छन् ।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ रहेका छन् । शुक्रबार ६७ एनटीजेन परिक्षण भएकामध्ये १८ जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

यस्तै शुक्रबार ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । धादिङको सिद्धलेकमा ३५ र धादिंग हस्पिटलमा १४ गरेर शुक्रबार जिल्ला भित्र ४९ स्वाब संकलन भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।