प्रतिनिधि फोटो
अविराल वर्षाका कारण धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ पोखरेपानीमा पहिरोले एक घर पुरेको छ ।
स्थानिय जुनारामा मगरको धन्सार पहिरोले पुरेकोे जिल्ला प्रहरी कार्यालय धादिङका जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
पहिरोले धन्सारमा रहेको एउटा भैंसी, ९ ओटा बाख्रा, ९५ ओटा कुखुरा पुरेको प्रहरी नायव उपरिक्ष भण्डारीले बताउनुभयो ।
प्रहरी र स्थानिय मिलेर पहिरोमा पुरिएका भैंसी बाख्रा, कुखुरा निकाल्ने काम भईरहेको छ ।











