नुवाकोटको त्रिशुली अस्पताल पिसिआर प्रयोगशालामा कोरोना भाईरसको नयाँ डेल्टा भेरिएन्ट भेटिएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै कोरोना डेल्टा प्लस भेरिएन्ट भेटिएको पुष्टि गरेको हो ।
त्रिशुली अस्पताल पीसीआर प्रयोगशालामा पोजेटिभ देखिएका ४ वटा स्वाबका नमुनाहरु राष्ट्रिय प्रयोगशाला काठमाडौं मार्फत अन्तराष्ट्रिय प्रयोगशालामा Gene Sequencing गर्न पठाईएकोमा ३ ओटा स्वावका नमुनाहरु डेल्टा (B.617.2) र बाँकी १ वटामा डेल्टा प्लस (B.167.2) +K417N प्रमाणित भएको त्रिशुली अस्पतालले जनाएको हो ।
यो कोरोना डेल्टा प्लस भेरिएन्ट ६० देखि १०० भन्दा बढी संक्रमक रहेको बताउँदै यो कोभिडको तेस्रो लहरको उत्पेरक हुने उच्च सम्भावना रहेको विज्ञहरुले बताएको विज्ञप्तीमा भनिएको छ ।
साथै नागरिकहरु त्रसित नभई जनस्वास्थ्यका मापदण्डहरु र स्थानिय प्रशासनले जारी गरिएको निषेधाज्ञाका नियमहरु पालना गरि सुरक्षीत रहन अपिल पनि गरेको छ ।











