
धादिङका ५५ जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा गजुरी गाउपालिकाका ५ जना, निलकण्ठ नगरपालिकाका १ जना, धुनिबेसि नगरपालिकाका ६ जना, गल्छी गाउपालिकाका ११ जना, बेनिघाट रोराङ गाउपालिकाका २ जना, ज्वालामुखी गाउपालिकाका १ जना, त्रिपुरासुन्दरी गाउपालिकाका ९ जना, गंगाजमुना गाउपालिकाका ५ जना, नेत्रवति डबजोङ गाउपालिकाका २ जना, धादिङ हस्पिटलमा १३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
बुधबार एन्टीजेन परिक्षण गरीएका १ सय २ जनामध्ये ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसगैँ जिल्ला भित्र ४ सय ९८ र जिल्ला बाहिर २३ गरी जिल्लाको सक्रिय केश ५ सय २१ पुगेको छ ।
संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १६, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ४ सय ६५ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ५ र होम आइसोलेसनमा १८ रहेका छन् । बुधबार ६० जना डिस्चार्ज भएका छन् ।