
एकले अर्कालाई समर्थन नगर्दा पार्टी एकता खल्बलीएको नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमी प्रसाद त्रिपाठिले बताउनुभएको छ ।
पार्टि नेतृत्वमा आफु हुदाँ जयजयकार गर्नु पर्ने, आफ्ना स्थानमा अरु हुदा अर्कोले समर्थन गर्न नमिल्ने, सामन्त हो तपाईहरु ? भनी सोध्न पर्ने स्थिति आएको नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष त्रिपाठिको भनाई थियो ।
सदरमुकाम धादिङबेसिमा भएको नेपाल खेलकुद महासंघको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दे अध्यक्ष त्रिपाठिले यस्तो बताउनु भएको हो । पार्टीभित्रैबाट असर्मथन भएकै कारण आज यो गति भएको त्रिपाठीले बताउनुभयो ।
नेकपा एमालेका माधव पक्षका नेताहरुलाई लक्षित गर्दै त्रिपाठीले ३० औं बर्षसम्म पार्टीको नेतृत्व खाँदा पनि अरुले टुलुटुलु हेरेर बस्न पर्ने, गलत गरे झगडा गरिदिनु पर्ने, एउटै स्वरमा प्रचार गरिदिनु पर्ने अनि भगवान मान्नु पर्ने तर अर्काे नेतृत्व तहमा हुँदा समर्थन गर्नै नमिल्ने, काम नै गर्न नदिई खोईरो खनिरहँनुपर्ने ? प्रश्न गर्नुभयो ।
त्यस्तै अध्यक्ष त्रिपाठिका अनुसार धादिङमा पनि खेलकुदबाट नै आफ्नो जिवन गुजारा गरेको बताउनुभयो । खेलाडिहरु स्वतन्त्र हुन्छन् र आफ्नो भविष्य खोजि रहेका हुन्छन् ।
आफ्नो भविष्य जहा सुरक्षीत हुन्छ, त्यहि जाने भएकोले खेलकुद महासंघले खेलाडिको भविष्यको ग्यारेन्टी लिनुपर्र्ने त्रिपाठिले बताउनुभयो । खेलाडिहरुलाई आत्मनिर्भर बनाउने र आर्थिक रुपमा पनि बलियो बनाउने र खेलकुदमा आफ्नो भविश्य बनाउन चाहेमा खेलाडि पनि खेलकुदप्रति सर्मपित हुनु पर्ने त्रिपाठि बताउनुहुन्छ । 
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी धादिङका सचिव अर्जुन कुमार श्रेष्ठले खेलकुद स्वास्थ्यको लागि राम्रो रहेको र पार्टि, राष्ट्रलाई चिनाउन पनि खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका १३ वटै पालिका र वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै महासंघले नया कार्य समिति पनि चयन गरेको छ । वर्तमान अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा १ सय १७ जना सदस्य रहने गरी नया कार्य समिति गठन गरेको हो ।
जसमा उपाध्यक्षमा रोशन श्रेत्री, सचिवमा तारा आले मगर, सह सचिवमा केदार भण्डारी, कोषाध्यक्षमा सुनिता श्रेष्ठ चयन हुनुभएको छ ।